बर्दिया ।
सेनिटाइजर कोलोबजारी गर्ने एक जना मेडिकल संचालकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिकास्थित बुद्ध मेडिकल हलका संचालक बुद्धि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट जोगिने सेनिटाइजर बजार मूल्य भन्दा अत्यधिक महँगोमा बेचेको पाइएपछि मेडिकल संचालकलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।
मेडिकल संचालक थारुले ४ सय ५९ रुपैँया बजार मूल्य रहेको सेनिटाइजरलाई १ हजार ५ सय रुपैयाँमा बेचेर कालोबजारी गरेकाले उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक बास्तोलाले बताए।
प्रतिक्रिया