७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बाँकेबाट २१ थुनुवा छाडिए



बाँके ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले २१ जना थुनुवालाई छाडेको छ । थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए । भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने भएकोले सामान्य मुद्‍दा चलेकालाई पुनः हाजिर हुनेगरी जमानीमा छाडिएको उनले बताए ।

प्रहरीको हिरासतमा अझै २८ जना थुनुवा छन् । ती जघन्य अपराधका हुन् । महान्याधिवक्ताको कार्यालयको निर्देशनअनुसार जघन्य अपराधका थुनुवालाई नछोडेको सिंहले बताए । ‘भिडभाड कम गर्न छोड्न मिल्ने जतिलाई छोड्यौँ, बाँकीलाई छोड्न मिल्दैन,’ उनले भने ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  ६ : ५९ बजे