काठमाण्डौ । कोरोना भाइरस अर्थात कोभिड(१९ को उद्गमस्थल चीनको वुहान सहरमा मानिसको आवागमन हुन सुरु भएको छ । भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म हजारौं मानिस घरभित्रै बस्न बाध्य भएका थिए । पालिकाले हुवेई प्रान्तको राजधानी वुहानसहित प्रान्तका सबै सानाठूला सहर बजारमा लगाइएका सबैजसो प्रतिबन्ध हटाएको छ ।योसँगै बजाररपसल खुलेका छन् । ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिएको छ । गएको जनवरी २३ तारिखदेखि वुहानमा लकडाउन गरिएपछि झण्डै एक करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । वुहानका बासिन्दामाथि यात्रामा लागेको प्रतिबन्ध आउँदो अप्रिल ८ तारिखदेखि हटाइनेछ ।
१८ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया