घोराही ।
कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरवाट निकालेपछि जिल्ला प्रशासन कार्यालय दाङले घरवेटीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले डेराबाट नर्स निकाल्ने घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो । निर्देशनपछि प्रहरीले आचार्यलाई समातेको र कानुन वमोजिम कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गणेपुर घर भइ हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० बर्षीया नर्स सृजना खड्का आचार्यको घरमा बस्दै आएकी थिइन् ।
नवलपुरस्थित आचार्यको घरमा गत मंसिरदेखि साथीहरुसंगै भाडामा बस्दै आएकी खड्कालाई घरमा बस्न नदिएपछि हाल उनी घोराहीस्थित एक होटेलमा बस्दै आएकी छन् । लक–डाउनको समयमा सबै घर भित्रै बस्दापनि विदा नपाएपछि आफु डेरा र हस्पिटल आवत जावत गरेको हुँदा वडा सचिवले कि हस्पिटल छोड्न कि आफ्नो घर छोड्न भनेकाले बाध्य भएर डेरा छोडेको सृजनाले बताइन । उता वडासचिव आचार्यले भने नर्स खड्कालाई घरवाट नलिकालेको जिकिर गरेका छन् ।
१८ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया