बाँके ।
एम्बुलेन्सको ठक्करबाट कोहलपुरमा एकजनाको मृत्यू भएको छ। नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लिएर नेपालगन्ज आउँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा से ५ प ४८४ नम्बरको मोटर साइकलमा सवार शोभा केसी बटालाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते केसीलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । केसी बैजनाथ गाँउपालिकास्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी पदमा कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक दण्डबिक्रम बिष्ट घाइते भएका छन् ।
उनको शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कूलदीप चन्दले जानकारी दिए ।
प्रतिक्रिया