मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना संक्रमणको आशंका गरिएका कपिलवस्तु वाणगंगा-३ राजापानीका एक व्यक्तिलाई अहिले क्वारेनटाइनमा राखिएको छ । सोमबार रुघाखोकी र ज्वरो आएपछि ती व्यक्ति साइकल चढेर पिपरा अस्पताल पुगेका थिए । तर, अस्पतालले उनमा कोरोना आशंका गरेपछि एम्बुलेन्स मार्फत बुटवल उपचारका लागि पठाएको थियो ।
एम्बुलेन्स चालकले वुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालमा विरामीलाई लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मीले भर्ना गर्न मानेनन्, उल्टै चालकलाई थर्काएर पठाएपछि चालकले लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा विरामी छाडेर कपिलवस्तु फर्किएका थिए । ती विरामीको साथमा कुनै व्यक्ति नहुँदा लुम्बिनी प्रादेशिक अस्पतालले पनि उनको भर्ना गर्न नमाने पछि विरामी भनिएका ती व्यक्ति रातारात हिडेर मंगलबार विहान पिपरा अस्पतालमा आएका थिए ।
यो बीचमा विरामी हराएको भन्दै चर्चा चलेपछि वाणगंगा नपाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई टाउको दुखाई भएको थियो । तर, विरामी अस्पताल आएपछि जनप्रतिनिधि र स्वास्थ्यकर्मीले सन्तोषको सास फेरेका थिए ।
मायादेवी अनलाइनले यो विषयलाई प्राथमिकताका साथ समाचार प्रकाशन गरेपछि तीव्र पाठकले असन्तृष्टि जनाएका थिए । सामान्य विरामीलाई कोरोना आशंका गर्ने र उपचार गर्न नमान्ने विषय आलोचनाको विषय बनेपछि ती विरामीको मंगलबार विहान पिपरा अस्पतालले चेकजाँच गराएको थियो ।
चेकजाँच लगत्तै उनलाई स्वास्थ्यकर्मीले प्रादेशिक अस्पताल वुटवल लगेर उनको थप स्वास्थ्य परिक्षण गराएको पिपरा अस्पतालका जनस्वास्थ्य निरिक्षक कुलप्रसाद पन्थीले जनाए । मंगलबार विहान वुटवलबाट उनको स्वास्थ्य परिक्षण गराएर अहिले वाणगंगा ३ को क्वारेनटाइनमा राखिएको पन्थीले मायादेवीलाई बताए । उनका अनुसार विरामीको अवस्था सामान्य रहेको छ ।
हाल सामान्य भएको विरामी हिजो एकाएक कोरोनाको आशंका कसरी भयो ? बुटवल वेवारिसे अवस्थामा छाडेर किन आइयो ? यो विषयलाई सर्वसाधारणले गम्भिर तरकारीले प्रश्न उठाउँदै छानविनको माग गरेका छन् ।
१८ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया