७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कोरोना अपडेटः कपिलवस्तुमा १ सय ८२ जना क्वारेनटाइनमा



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा १ सय ८२ जनालाई क्वारेनटाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ दिएको रिर्पोट अनुसार जिल्लाका १० पालिकाका २ सय ४२ क्वारेनटाइन बेडमा अहिलेसम्म १ सय ८२ जना रहेका छन ।
सोमबार मात्र ५ जनालाई डिस्जार्च गरिएको छ । जिल्लामा कोरोना संक्रमितको लागि भनेर ८ वटा आईसुलेसन बेड तयार पारिए पनि अझैसम्म कुनै विरामीलाई राखिएको छैन ।
जिल्लामा अझैसम्म कुनै व्यक्तिलाई कोरोनाको संक्रमण पुष्टि हुन नसकेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
प्रशासले उपलब्ध गराएको रिर्पोट अनुसार सबैभन्दा बढी कृष्णनगरमा बनाइएको क्वारेनटाइनमा ४४ जनालाई राखिएको छ भने वाणगंगामा एक जना मात्र क्वारेनटाइनमा रहेका छन । विजयनगर गाउँपालिकामा ४० जना, मायादेवी र शुद्धोधन गाउँपालिकामा २७÷२७ जना, कपिलवस्तु नगरपालिकामा १९ जना, शिवराज नगरपालिकामा १० जना, बुद्धभूमि नगरपालिकामा ४ जना, महाराजगञ्ज नगरपालिकामा ३ जना र यशोधरा गाउँपालिकमा जम्मा २ जना व्यक्ति क्वारेनटाइनमा रहेका छन ।
जिल्लाका स्थानीय तह तथा प्रहरीले भारत तथा तेस्रो मुलुकबाट आउनेहरु माथि विशेष निगरानी बढाएको छ । प्रहरी प्रशासनले निगरानी बढाए पनि तेस्रो मुलुकबाट आउनेहरु लुकेर घरमै बस्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६ सोमबार ००:००  ७ : २५ बजे