७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

निर्वाचनका बेला लाखौं खर्च गर्नेहरु दुखःमा मुक दर्शक बनेः मुसलमान



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुबाट प्रतिनिधि सभा सदस्य बन्नुभएका अतहर कमाल मुसलमानले लकडाउनमा अति विपन्न परिवार मारमा परेको बताउनु भएको छ । कोरोना जोखिम न्यूनिकरणस्वरुप गरिएको लामो लकडाउनका कारण विशेष गरी ज्याला मजदुरी गरी खाने अति गरिब परिवार चरम समस्यामा परेको बताउनु भएको हो ।
मायादेवी रेडियोसंग भएको टेलिफोन कुराकानीमा सांसद कमालले कोरोना भाईरसको संक्रमण रोक्नका लागि लकडाउन आवश्यक रहेको भए पनि मेहनत मजदुरी गरेर दैनिक जिवनयापन गर्नेका समस्या समाधानमा कुनै योजना नबनेको बताउनु भयो ।
लक डाउनमा घरमै बस्नु भएका उहाँले भन्नुभयो– “कोरोना संक्रमणको पिरलो सगै कोही भोकै पेट मर्ने हुन कि भन्ने चिन्ता लाग्न थालेको छ ।”उहाँले ती विपन्न श्रमिक परिवारलाई तत्काल खाधान्न उपलब्ध गराई भोकै बस्नु पर्ने बाध्यताबाट बचाउनु पर्ने बताउनु भयो । निर्वाचनका बेला लाखौं खर्च गर्न सक्नेहरुले दुखःका बेला जनताको सहयोग गर्न आवश्यक रहेको उहाँको स्पष्टोक्ति छ ।
गरिब भोकै नहुन भन्नका लागि कमालले २ योजना आफूसंग रहेको सुनाउनु भयो । उहाँले भन्नुभयो “पहिलो त हामी जिल्लाबाट केन्द्रका प्रतिनिधीत्व गर्ने ५ जना संघिय साँसद, एक राष्ट्रियसभाका सदस्य, १२ प्रदेश सभाका सदस्य र १० स्थानिय तहका प्रमुख र उपप्रमुखहरुले आफैबाट सहयोगको कार्य शुरु गर्न आवश्यक छ । स्थानीय सरकारले भ्रमण बर्ष लगायतका प्रबद्र्धनात्मक कार्यक्रममा छुट्टयाएका बजेटलाई समेत नागरिकको तत्कालिन आवश्यकता समाधानका लागी परिचालन गर्न पहल गर्न सक्ने अवस्था छ ।
“जिल्लाका १० स्थानिय तहका ९६ वडामा प्रति वडामा ५० देखी १०० जना आंकलन गरेर योजना बनाए पनि जुटने सहयोगले प्रत्यक अति गरिबलाई चामल, दाल र नुन सम्म दिन सकिन्छ उहाँले भन्नुभयो ।” दोस्रो योजना सुनाउँदै उहाँले यो महासंकटका बेला आफ्ना गाँउ टोलका कोही पनि भोकै बस्न नपरोस भनि टोल टोलमै खाद्यान्न सहयोग गर्ने अभियान चलाएर गरिब र निमुखालाई भोकै बस्नु पर्ने बाध्यताबाट मुक्त गर्न सकिने बताउनु भयो ।

प्रकाशित मिति : १७ चैत्र २०७६ सोमबार ००:००  ७ : १२ बजे