मणि प्रसाद गैह्रे, तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति एवं पूर्व सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कोरोना संक्रमणवाट वच्न सरकारले लक डाउन गरेपछि विपन्नहरुलाई समस्या भएको भन्दै तत्काल विपन्नलाई राहत वितरण गर्न आग्रह गरेका छन् ।
आचार्यले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै दैनिक रुपमा ज्याला मजदुरी गरेर खानेहरुको लागि काम गर्न नपाए पछि साँझ विहान छाक टार्न समस्या परेको भन्दै सरकारले उनीहरुलाई तत्काल राहत कार्यक्रम ल्याएर समस्या समाधान गनुपर्ने उल्लेख गरेका छन् ।
संघ, प्रदेश र स्थानीय सरकारले त्यस्ता ज्यालादारी गरी जीवन विताएका विपन्न वर्गलाई ढिला नगरी तत्काल खाद्यान्न लगायत दैनिक जीवनमा आवश्यक पर्ने साम्रगी वितरण गर्न आग्रह गरेका छन । साथै लामो समय लक डाउनको समयमा भारतको दिल्ली लगायत तेस्रो मुलुकवाट नेपालमा आएका जिल्लाबासीलाई बुध इकाइ समितिले तथ्याङ्क संकलन गरी १४ दिनसम्म उनीहरुलाई क्यारेनटाइनमा राखेर हेरविचारको व्यवस्था गर्न स्थानीय सरकार र स्वास्थ्यकर्मी मिलेर काम गर्न समितिलाई निर्देशन समेत दिएका छन् ।
यो समयमा जो जहाँ छ त्यहीबाट सहयोग गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । साथै आचार्यले ज्यानको आहुती दिएर जनता र देशको लागि काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन र विमा रकम व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।
यस्तो विपदको समयमा २४ औ घण्टा खटिरहेका राष्ट्र सेवक जनशक्तिको लागि तत्काल प्रोत्साहनका प्याकेज ल्याएर उच्च मनोवल दिनुपर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै आम जिल्लाबासीलाई साबुन पानीले हात धुने , भिडभाडमा नजाने अत्यावश्यक परेको बेलामात्र घरबाट बाहिर निस्कन अपिल समेत गरेको छ । त्यसको लागि पार्टी नेता कार्यकर्ता, तरुण विद्यार्थी हरुलाई जो जहाँ छ त्यहीबाट परिचालित हुन समेत आग्रह गरिएको छ । सरकारले गरेको लक डाउन र स्वास्थ्य सम्वन्धी आनिवानीको पूर्ण रुपमा पालना गर्न समेत आमनागरिकलाई आचार्यले आग्रह गरेका छन् ।
१७ चैत्र २०७६ सोमबार ००:००
2
Shares
प्रतिक्रिया