मायादेवी अनलाइन, तौलिहवा ।
सामाजिक संजाल फेसुबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा कपिलवस्तुमा आइतवार पक्राउ परेका युवालाई कागज गराई सोमवार बिहान छाडिएको छ ।
कपिलवस्तुको मायादेबी गाउँपालिका–१ पकडीचोकबाट सफिक खानलाई ईलाका प्रहरी कार्यालय पकडीले आइतवार बिहान नियन्त्रणमा लिएको थियो ।
खानले क्षमा याचना सहीत आईन्दा त्यस्तो नगर्ने भन्दै लिखित कागज गरे पछि एक पटकलाई संझाएर छाडिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।
पकडी चोकमा मोबाईल पसल संचाल गर्दै आएका खानले प्रहरीलाई चुतिया र नेतालाई चोर भनी शनिवार राति ६ बजेर ५९ मिनेटको सयममा आफनो फेसुबुक बालमा पोस्ट गरेका थिए ।
१७ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया