७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

वाणगंगाको राजापानीमा भेटिए कोरोना लक्षणका विरामी, उपचारका लागि वुटवल पठाइयो



मायादेवी अनलाइन, चरनम्बर ।
कपिलवस्तुको वाणगंगामा कोरोना भाइरस लक्षणका एक जना विरामी फेला परेका छन । यी विरामी आजभन्दा करिब १०⁄१२ दिन पहिला भारतको मुम्बईबाट घर आएका थिए । केही दिन देखि उनमा ज्वरो आउने, टाउको दुख्ने समस्या देखिए पछि सोमबार विहान पिपरा अस्पतालमा उपचारका लागि गएका थिए ।
तर, यहाँका स्वास्थ्यकर्मीले उनलाई कोरोना भाइरसको आशंका गरेका छन । कोरोनासंग मेलखाने लक्षण देखिए पछि उनलाई थप उपचारका लागि वुटवल पठाइएको बताइएको छ । उनको अवस्था अहिले कस्तो छ थाहा हुन सकेको छैन भने नाम गोप्य राखिएको छ ।
ती व्यक्तिलाई तीन दिन अगाडी मात्र घरबाट बाहिर ननिस्कन त्यहाँका स्थानीयले भनेका थिए । मुम्बईबाट आएको भनेपछि स्थानीयले शंका गरे पछि बाहिर ननिस्कन भनेको भएपनि स्थानीय सरकारले कुनै वास्ता नगरेको एक नेताले गुनासो गरे ।
विदेशबाट आउनेलाई सरकारले अनिवार्य क्वारेनटाइनमा राख्न भनेपनि ती व्यक्तिको निगरानी कसैले नगरेको ती नेताले मायादेवीलाई बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७६ सोमबार ००:००  ६ : २३ बजे