मायादेवी अनलाइन, विजयनगर ।
भारतको विभिन्न ठाउँबाट आएका २४ जनालाई क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरुलाई विजयनगर गाउँपालिकाको दूधाधारी माध्यमिक विद्यालय र लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालयको क्वारेनटाइनमा राखिने भएको हो ।
उनीहरुको तत्कालै नुहाईधुवाई र खानपीनको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । मास्क र सावुन वितरण गर्दै उनीहरुलाई चिन्ता नगरी धैर्यता साथ क्वारेन्टाइनमै बस्न अनुरोध गर्नुभएको छ । गाउँपालिकाले नै सम्पुर्ण खर्च व्यहोर्ने थापाले बताउनुभयो ।
उनीहरुको स्वास्थ्य परिक्षण जाँच गर्दा अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया