७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बुटवल कोरोना अस्पतालमा एकै दिन ५ बिरामी थपिए



बुटवल ।
रूपन्देहीस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा एकै दिन ५ बिरामी थपिएका छन् ।

अस्पतालका फोकल पर्सन सुदर्शन थापाका अनुसार आइतबार एकै दिन कोरोना लक्षणका ५ बिरामी भर्ना भएका हुन् । योसमेत गरेर अहिले अस्पतालमा बिरामीको संख्या ६ पुगेको छ ।

‘एक जना पहिलेदेखि थिए,’ सोमबार टेलिफोनमा कुरा गर्दै फोकल पर्सन थापाले भने, ‘आइतबार फेरि ५ जना भर्ना भएका छन् ।’

६ बिरामीमध्ये ४ पुरुष र २ महिला रहेको उनले जानकारी दिए ।

उनका अनुसार सबैमा कोरोना भाइरसका लक्षणसँग मिल्ने ज्वरो र खोकी छ ।

तीमध्ये पुराना १ जनाको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा पठाइसकिएको छ भने आइतबार भर्ना भएका ५ जनाको नमुना पनि पठाउने तयारी भइरहेको छ ।

‘धरैजसो बिरामी भारतबाट आएकाहरू छन्,’ फोकल पर्सन थापाले भने, ‘केही अन्य देशबाट आएका पनि छन् ।’ नेपालखबरबाट

प्रकाशित मिति : १७ चैत्र २०७६ सोमबार ००:००  १२ : १२ बजे