मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगामा ग्यासको चरम अभाव भएको उपभोक्ताको गुनासो केही हद भएपनि सम्बोधन हुने भएको छ । नगरभित्रका ग्यास विक्रेताले कालोबजारी गरी बेच्दा आफुहरुले ग्यास नपाएको उपभोक्ताले आरोप लगाउँदै आएका थिए ।
उपभोक्ताको चरम गुनासो आएपछि आइतबार मात्र रेडियो मायादेवी, मायादेवी अनलाइन डटकम र मायादेवी टिभीले केही ग्यास पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ग्यासका गोदाम रित्ता थिए ।
तर, मंगलबार विहान विभिन्न कम्पनीका ग्यास वाणगंगामा आएको व्यवसायीले बताएका छन । व्यवसायीका अनुसार जानकी, स्वस्तिक, मनकामना, बुटवल कम्पनीका ग्यास वाणगंगामा आएका छन । यी कम्पनीका ग्यास बेच्ने डिलरबाट अब उपभोक्ताले ग्यास पाउने विक्रेताले जनाएका छन । झण्डै एक दर्जन कम्पनीका ग्यासको कारोबार गर्दै आएका यस क्षेत्रका व्यवासायीसंग यी बाहेक अरु कम्पनीका ग्यासको भने अभाव कायमै छ ।
ग्यास व्यवसायीका प्रदेश ५ का उपाध्यक्ष रामप्रसाद गैरेले कोरोना भाइरसका कारण भएको मुलुक लकडाउनमा ग्यास प्रयाप्त नपाइनु साँचो कुरा भएको बताउँदै मंगलबार विभिन्न कम्पनीका ग्यास उपभोक्ताले पाउने बताउनुभयो ।
हेर्नुहोस मायादेवीले गरेको ग्यास पसको अनुगमनको यो भिडियो
प्रतिक्रिया