एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्, ‘अबको दुई हप्तामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ ।
राष्ट्रपति ट्रम्पले गठन गरेको कोरोना भाइरस टास्क फोर्सका उच्च अधिकारी डा। एन्थोनी फाउकीले यसअघि कोरोना भाइरसका कारण दुई लाख अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका थिए ।
डा. आउकीले दशौँ लाख अमेरिकी कोरोना भाइरसका कारण संक्रमति भएको र एकदेखि दुई लाखजनाको मृत्यु हुन सक्ने बताएका हुन् । अमेरिकामा अहिलेसम्म एक लाख ३९ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ सय ३६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण सबै भन्दा धेरैमा हुने देश अमेरिका हो । कोरोना भाइरस टास्क फोर्सको पछिल्लो पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने एक मात्र उपाय भनेको सामाजिक दूरी नै रहेको बताएका हुन् ।
प्रतिक्रिया