८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सरकारले भन्योः ‘एक महिनाको घरभाडा मिनाहा गर्न’



काठमाडौं ।
सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो ।
आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ । सरकारी निर्णय शहरी क्षेत्रका असंगठित श्रमिकको हकमा मात्रै लागू हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  १० : २१ बजे