एजेन्सी ।
जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफर मृत भेटिएका छन् । फ्रान्कफर्ट र मेन्जको बीचमा रहेको होचिम शहरको एक रेल लाइनमा उनको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।
क्षतविक्षत अवस्थामा भेटिएको शव पहिचानमा प्रहरीलाई कठिनाई उत्पन्न भए पनि उक्त शव अर्थमन्त्री थोमक स्किफरको नै रहेको त्यहाँको प्रहरीले पुष्टि गरेको हो ।
थोमकले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण राज्यमा चरम आर्थिक संकट उत्पन्न भएपछि थोमक तनावमा थिए ।
कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण थोमक अत्यधिक चिन्तामा बाँचिरहेको र सोही कारण उनले आत्महत्या गरेको हुन सक्ने उनको नजिक रहेर काम गरेका एक अधिकारीको भनाई छ ।
१६ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया