मायादेवी अनलाइन वाणगंगा ।
लकडाउनका कारण दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन कपिलवस्तु उद्योग वाणिज्य संघले सकृयता बढाएको छ । सरकारले लकडाउन घोषणा गर्नु पूर्व देखिनै कोरोना भाइरसको संक्रमण सम्बन्धी उपभोक्तालाई सचेत गराउदै आएको संघले लकडाउनमा पनि आफनो जिम्मेवारीलाई तदारुकता देखाएको हो ।
कपिलवस्तु उद्योग वाणिज्य संघले आफनो बजार क्षेत्रमा दैनिक उपभोग्य बस्तु खाद्यान्य, पानी, दुध, औषधी र ग्याँस पेट्रोलियम पदार्थको विक्री वितरण गर्ने निर्णय गरेको थियो । सोही अनूरुपको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पनि निर्णय गरेको थियो । संघले गरेको निर्णयलाई घरघरमा सन्देश पु¥याउन माइकिङ्ग गरेर कोरोना विरुद्ध नियमित रुपमा सचेतना गराउदै आएको छ ।
चैत्र ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन र सहज विक्री वितरण गर्न संघले सवै आवद्ध व्यवसायीलाई सूचना समेत गरेको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो । उहाँले सवै व्यवसायीलाई सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तुको विक्री वितरण गरेर संकटको बेला मानवताको व्यवहार प्रकट गर्दै कालो बजारी हुन नदिन नियमित अनुगमन समेत गरेको पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष पौडेलले लक डाउनका समयमा पिपरा, बैरिया, चारनम्बर, गजेहडा, ओदारी, वोर्डगाउ, बनगाई, भलवाड लगाएतका बजारको नियमित रिपोटिङ्ग लिएको र समय समयमा बजार मूल्य सहित अनुगमन भइरहेको जानकारी दिनुभयो । उहाँले विभिन्न ठाउँका उपभोक्ताबाट महंगो मूल्यमा व्यवसायीले दैनिक उपभोग्य वस्तुको विक्री वितरण गरेको भन्ने गुनासो आइरहेको प्रति सम्वन्धित व्यवसायीलाई सोधपुछ गरेको समेत बताउनुभयो । वाणगंगाका विभिन्न खाद्यबस्तुको प्रचलित बजार मूल्य र भण्डारण समेत निरिक्षण गर्दा बजारमा हल्ला भएजस्तो वास्तविकता नभएको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । धेरै तिरबाट उपभोक्ताको र व्यवसायीको पनि गुनासो आएको छ, ती सवै समस्यालाई जिम्मेवारी पूर्वक समाधान गरेर सुरक्षित भएर कोरोना विरुद्ध हातेमालो गर्नुपर्ने बेला आएको छ, पौडेलले भन्नुभयो, कसैले कालोवजारी गर्दछ भने कार्वाही समेत हुन्छ ।
म नियमित रुपमा सवै कलष्टरका सदस्यसंग कुराकानी गरिरहेको छ, आफना सदस्यले सरकारको निति नियमलाई पालना गरेर सुरक्षित रुपमा दैनिक उपभोग्य बस्तुको विक्री वितरण गरिरहेको पौडेलले जानकारी दिनुभयो । व्यवसायीले हालसम्म सहज रुपमा खाद्यान्नको विक्री वितरण गर्दै आएका छन्, पौडेलले भन्नुभयो, लकडाउन लम्बिदा ढुवानीमा समस्या भए उपभोग्यबस्तुको अभाव सिर्जना हुने संकेत गरेपनि सरकारले अत्यावश्यक बस्तुको पर्याप्त व्यवस्था गरेको बताइ रहदा खाद्यान्नमा कुनै समस्या नहुने बताइएको छ ।
१६ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया