मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वडा नं. ११ ओदारीमा क्वारेनटाइन स्थापना गरिएको छ । कोरोना भाइरसका संक्रमितलाई लक्षित गरि वडाले ४ वेडको क्वारेनटाइन निर्माण गरेको हो ।
ओदारीमा रहेको स्काईलार्क इंग्लिस बोर्डिङ स्कूल भित्र ५ बेडको क्वारेनटाइन बनाइएको वडाध्यक्ष सोमनाथ अर्यालले मायादेवीलाई बताउनुभयो ।
साथै वडाले विपन्न घरपरिवारलाई खाद्यन्न पनि वितरण गरेको छ । वडाध्यक्ष अर्याल लगायतको टोलीले मुलुक लकडाउनमा भएको बेला मजदुर तथा गरिब परिवार मर्कामा भन्दै वडाले खाद्यन्न वितरण गरेको हो ।
वडाले ५ घरपरिवारलाई चामल, तेल, दाल, नुन र तरकारी वितरण गरेको वडाध्यक्ष अर्यालले बताउनुभयो । वडाको एक टोल विकास संस्थाका अध्यक्ष देव भट्टराईको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
वडाले वडाभित्र रहेका गरिब तथा मजदुर वर्गको लगत संकलन गरेर राहतका लागि नगरमा तथ्याङ्क पठाएको छ ।
१६ चैत्र २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया