मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसको बिश्वब्यापी त्रास बढीरहेका बेला त्यसको जोखिम कम गर्न कपिलवस्तु नगरपालिकामा बिषादी छर्ने अभियान सुरु गरिएको छ । अभियान अन्तरगत नगरपालिकाको वडा नं. ३ का टोल बस्तीमा अहिले बिषादी छर्ने काम अघि बढाईएको छ । यस अघि नै वडा नं. १ ले बिषादी छर्ने काम जारी राखेको छ । यस्तै वडा नं. १२ मा पनि बिषादी छर्ने अभियान थालिएको छ । लकडाउनको बेला मान्छेहरुको ओहरदोहर नहुने भएकाले नाली सडकमा बिषादी छर्ने कार्य सुरु गरिएको वडा नम्बर ३ का अध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास संयोजक प्रकाश गैरेले बताए ।
वडा र तौलिहवा बजारमा बिषादी छर्ने कार्य सूरु गरिएको छ । अहिले मुलुकमा कोरोना, डेंगु लगायत रोगहरु फैलिरहेको बेला भाईरस र व्याक्टेरियाको संक्रमणबाट हुने रोगबाट बच्नका लागि बिषादी छरिएको वडा अध्यक्ष गैरेले बताए । ‘अहिले कोरोना डेंगु जस्ता रोगव्याधीहरु फैलिरहेको छ त्यसको नियन्त्रणका लागि हामीले यो कार्यको सूरुवात गरेका हौ’ उनले भने ।
नगर वडा र सदरमुकाम तौलिहवालार्ई सुरक्षित बनाउन टोल बस्तीमा रहेका नाला तथा फोहर हुने ठाँउमा विषादी छर्ने कार्य शुरु गरेको उनले बताए । मौसम परिवर्तनसँगै विभिन्न रोग महामारी फैलिने डर रहेकोले रोकथाम तथा रोकथाम र उपचारका लागि यो अभियानले मद्दत मिल्ने उनले बिश्वास ब्यक्त गरे । नगर क्षेत्रमा यस सम्बन्धी सचेतना फैलाउने र रोग नियन्त्रणका लागि संचार माध्यमबाट संदेशमुलक सचेतना फैलाउने गरी कार्यक्रम अघि बढाईनु पर्नेमा जोड दिए ।
सिंहले नगरमा रहेका सबै १२ वटै वडामा बिषादी छर्ने काम अघि बढाईएको बताए । उनले लकडाउनलाई पूर्णरुपले पालना गर्नुपर्ने भन्दै सचेत रहन आग्रह गरे । आइतवार साँझसम्म कपिलवस्तुका १० पालिकामा निर्माण गरिएको २ सय ४२ क्वारेन्टाईन बेडमा ८५ जना रहेका छन ।
१६ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया