८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोनाविरुद्धका अत्यावश्यक सामग्री बोकेर फिल्डमा खटिए सांसद पन्थी



मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश सांसद विष्णु पन्थीले कपिलवस्तुका बिभिन्न स्वास्थ्य संस्था, सुरक्षा र मिडिया हाउसलाई सेनेटाइजर उपलब्ध गराउनु भएको छ । सेनेटाइजर नहुँदा समस्या झेलेका बाणगंगा नगरपालिकामा रहेका ती संस्थाहरुलाई आफै पुगी सेनेटाइजर वितरण गर्नुभएको हो ।
कोरोना महामारीको बेला जोखिम मोलेर विरामीको सेवा गरिरहेका बाणगंगाको पिपरा र कपिलवस्तु सामुदायिक अस्पताल, इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तु उद्योग वाणिज्य संघ, मायादेवी मिडिया अन्तर्गतका मायोदवी रेडियो, मायादेवी अनलाइन डटकम लगायत अन्य ४ संचार संस्थालाई सेनेटाइजर दिनुभएको हो । सेनेटाइजर हस्तान्तरण गर्दै पन्थीले सबै समुदायलाई सामाजिक दुरी कायम गर्न पनि अनुरोध गर्नुभएको छ ।
सेनेटाइजर आएपछि ती स्वास्थ्य संस्थामा कार्यरत सबै खुसी भएका छन् । त्यस्तै पिपरा र कपिलवस्तु सामुदायिक अस्पतालले पनि सांसद पन्थीले ठुलो राहत दिएको बताएका छन् । सेनेटाइजर पाएपछि ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुश कुमार जोशीले खुसी ब्यक्त गर्दै जनताले छानेका असल प्रतिनिधि पन्थीजस्तो हुनुपर्ने बताउनु भयो । दिनरात सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई अत्यावश्यक सेनिटाइजर नहुँदा जोखिम हुने गरेको थियो ।
पन्थीले दैनिक उपभोग्य बस्तुको उपलब्धतामा सहजता दिन मिहिनेत गरिरहेको कपिलवस्तु उद्योग बाणिज्य संघलाई पनि सेनेटाइजर प्रदान गर्नुभएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले अब नियमित बजार अनुगमन गर्दैै उपभोक्ताको गुनासो सुनेर वाणगंगा क्षेत्रका व्यवसायीले कालोबजारी गरेको पाइए कडा निगरानी गर्दैै अत्यावश्यक उपभोग्य बस्तु उपलब्ध गराउदै आएको बताउनुभयो ।
उहाँले हालको अवस्थामा यसक्षेत्रका व्यवसायीसंग खाद्यान्नको अभाव नरहेको पनि बताउनुभयो । सांसद पन्थीको प्रशंसा गर्दै संघका अध्यक्ष उमानाथ पौडेलले केही जनप्रतिनिधि चुकुल लगाएर घर बसेको सन्दर्भमा पन्थीले सराहनिय काम गरेको बताउनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  ७ : ०० बजे