८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाँकेमा नमुना संकलन गरिएका ६ जनाको रिपोर्ट नेगेटिभ



बाँके ।
बाँकेमा नमुना संकलन भएका सबै ६ जनाको कोरोना ( कोभिड १९) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सबैको रिपोर्ट नेगेटिभ रहेको भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिनुभयो । पछिल्लो पटक कतारबाट आएका चारजना र मलेसियाबाट फर्केका दुईजना गरी ६ जनाको नमुना संकलन गरी परीक्षणका लागि काडमाण्डौ पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया युवतीमा कोरोना भएको पुष्टि भएपछि उनीसँगै आएका बाँकेका चारजनाको पहिचान गरि चैत १२ देखि क्वरेण्टीनमा राखिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  १ : ३४ बजे