१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

उजैर खानद्धारा मास्क र हेन्डवास वितरण



मायादेवी अनलाइन, चारनम्बर ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईसको संक्रमण नेपालमा पनि देखिएको छ । कोरोना नियन्त्रणका लागि सरकारले मुलुकलाई लकडाउन गरेको छ भने सामाजिक दुरी कायम गर्न भनेको छ ।

साथै घरमा बस्दा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । भारतीय सीमानाका जोडिएको कपिलवस्तु पनि यसको जोखिममा छ । कोरोना संक्रमण फैलन नदिन यतिबेला स्थानीय तहदेखि विभिन्न संघसंस्थाले मास्क, सेनेटाइजर लगाएतका सामग्री वितरण गरेका छन् । यस्तै कपिलवस्तुका समाजसेवी उजैर खानले विभिन्न ठाउँमा निशुल्क मास्क तथा हेन्डवास वितरण गरेका छन् ।

खानले मायादेवी गाउँपालिका अन्तरगतका विभिन्न ठाउमा निशुल्क मास्क तथा हेन्डवास वितरण गरेका हुन् । वडा नम्बर-१ इमिलिया (दक्षिण, उत्तर) र बरहीमा गरी १ सय ५० मास्क र २० प्याकेट हेन्डवास वितरण गरेको खानले बताए ।

मुलुक नै समस्यामा परेका बेला आफुले पनि सक्दो सहयोग गरेको उनको भनाई छ । उजैरको ग्यालरीका संचालक रहेका खानले कोरोना भाईरसबाट विशेष सावधानी अपनाउन उनले सबैमा आग्रह गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  २ : ५४ बजे