राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको शिवराज नगरपालिकाबाट गोरु बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिकाको वडा नं. १ बनकसबासाबाट पक्राउ परेको ना. ४ ख. २९८४ नम्बरको ट्रकमा १० वटा मरेको र एक वटा जिउँदो गोरु रहेको प्रहरीले जनाएको छ । लोड गरेको अवस्थामा रहेको थियो ।
भेटनरी पशु क्वारेन्टाइनले छाप लगाएको रसिदसँगै उक्त ट्रकको चैत्र १३ गतेको चलानी रहेको छ । सरकारले लक डाउन गरेको अवस्थामा लैजान नसकेर र ट्रकमा गोरु ओभर लोड भएको कारण च्यापिएर १० गोरु मरेको हुन सक्ने इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
विजयनगर गाउँपालिकाको वडा नं. ४ बरगदवा भन्ने ठाउँमा जिउँदो गोरुलाई झारी मरेको गोरुलाई गाड्ने क्रममा स्थानीयले देखेपछि तस्करले ट्रक लिएर सुन्दरीडाँडा, तुरुन्तपुर, शिवपुर हुँदै भागेको ट्रकलाई बनकसवासाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । यता स्थानीयवासीले प्रहरी चौकी जगदीशपुरको मिलोमतोमा मरेको गोरुलाई गाड्न लागेको बताएका छन् ।
जगदीशपुरबाटै जेसीवी ल्याई गाड्न लागेको र स्थानीयले गाड्न नदिएपछि विवाद उत्पन्न भएको थियो । विवादपछि ट्रक लिएर भागेको बताएका छन् । विगत केही महिनादेखि यो ठाउँलाई गोरु तस्करहरुले ओसार पोसारको केन्द्र बनाएको एक स्थानीयले बताए ।
यता इलाका प्रहरी कार्यालय गणेशपुरले प्रहरीको केही संलग्नता नरहेको र थाहा पाउने वित्तिकै घटना स्थलमै पुगी नियन्त्रणमा लिई कारवाहीका लागि पशु सम्बन्धी कसूर अन्तर्गत मुद्धा चलाइने गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिएका छन् । बाराको निजगढ बस्ने चालक कमल मगरले दाङको तुल्सीपुरबाट हेटौँडा लैजान लागेको बताएका छन् ।
१२ चैत्र २०७६ बुधबार ००:००
2
Shares
प्रतिक्रिया