९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगंगामा दैनिक उपभोग्यवस्तुको अभाव नहुने, हुने भयो यस्तो व्यवस्था !



मायादेवी अनलाइन, चारनम्बर ।
कोभिड १९ अर्थात् नोभल कोरोना भाइरसले विश्व महामारी लिइरहेको अवस्थामा यसबाट जोगिनको लागि नेपाल सरकारले पनि मुलुकलाई ‘लकडाउन’ गरेको छ । मुलुक ‘लकडाउन’ भएको यस परिस्थितिमा उपभोक्तालाई दैनिक उपभोग्यवस्तुको आपूर्तिमा असहज भएको छ ।
कति ब्यवसायीले यो मौका छोपेर कृत्रिम अभाव सृजना गरी कालो बजारी गरिरहेका छन् भने बाणगंगा वडा नम्बर ८ र कृषि बहुउद्धेश्यिय सहकारी संस्थाले उपभोक्तालाई दैनिक सामग्री सहज रुपमा आपूर्ति गर्ने जनाएका छन् ।
दुवैको सहकार्यमा नगरबासीलाई कुनै कुराको अभाव नहोओस् भनेर अत्यावश्यकीय वस्तु घरघरमै पुर्याएर सहयोग गर्ने वडाध्यक्ष गुणनिधि भुसालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । मुलुकको यस परिस्थितिको सामना गर्ने मनोबल कत्ति पनि कमजोर नहोओस् भन्नको लागि यस्ता ब्यवस्था गरिएको भुसालले बताउनुभयो ।
अब वडा र सहकारीले खाद्यान्न, तेलहन, दलहन, तरकारी तथा अन्य उपभोग्य सामग्रीहरु आवश्यकता अनुसार घरघरमा पुर्याउने छन् भने सहकारीको बजार खुल्ने समय विहान ८ बजेदेखि साँझ ५ बजेसम्म बोडगाउँमा आएर पनि उपभोक्ताले सुपथ मुल्यमा सामान खरिद गर्न सक्ने जनाइएको छ ।
साथै सहकारीले मुलुकको यो विषम परिस्थितिमा कोही पनि उपभोक्ता कालो बजारीको मारमा नपर्न अनुरोध गरेको छ भने कोही कसैले पनि कृत्रिम अभाव सिर्जना नगरी उपभोक्ताको संवेदनामा सचेत रहन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  १० : ३९ बजे