८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुमा ‘कर्फ्यू’ को दोस्रो दिन, उल्लङ्घन नहुँदा वातावरण सुनसान



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु प्रशासनले लगाएको निषेधाज्ञा अर्थात ‘कर्फ्यू’को बुधबार दोस्रो दिन वातावरण सुनसान बनेको छ । विहानै देखि सडक, चोकचौराहामा मानिसको जमघट घटेको छ भने नीजि सवारी साधन पनि पूर्णतया ठप्प छन । ‘कर्फ्यू’ उल्लङ्घन गर्ने माथि सुरक्षाकर्मीले ठाउँ ठाउँमा निगरानी बढाएका छन ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि भित्रिएपछि सरकारले सोमबार देखि देशभर ‘लकडाउन’को घोषणा गरेको थियो । तर, कपिलवस्तुबासीले यसलाई वेवास्था गरेपछि जिल्ला प्रशासनले जिल्लाभर निषेधाज्ञा (कर्फ्यू’) जारी गर्न बाध्य भएको थियो ।
मंगलबार ‘कर्फ्यू’ तोडेर हिड्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ सय ४३ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । मंगलबार प्रशासनले गरेको कडाई पछि बुधबार दोस्रो दिन वातारण सुनसान बनेको हो ।
यता ‘लकडाउन’ को दोस्रो दिन बुधबार देशभरिको अवस्था सामान्य छ । सडकमा अत्यावश्यक बाहेकका गाडीहरु चलेका छैनन् ।
अत्यावश्यक सेवाका र केही अत्यन्तै जरुरी काममा रहेका रहेका बाहेकका गाडीलाई चल्न रोकिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सार्वजनिक गाडी भने कुनै पनि चलेका छैनन् । ‘लकडाउन’का बेला घरबाट निस्कन पनि पाइँदैन ।
घरबाट निस्किए वा गाडी चलाए सरकारले कानुनअनुसार एक महिनादेखि ६ महिनासम्म जेल सजाय वा जरिवाना वा दुवै सजाय गर्न सक्नेछ । हिजो देशभरबाट ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् भने साढे १५ सय भन्दा धेरै चालक कारबाहीमा परेका छन् ।
हिजो मोटरसाइकल, स्कुटर, जीप र गाडीलगायत एक हजार पाँच सय ७१ वटा गाडी नियन्त्रणमा लिइएको थियो ।
यस्तै ‘लकडाउन’मा घरबाहिर निस्किएका कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ८, सुनसरीबाट ४, पर्साबाट तीन, सिराहा र कञ्चनपुरबाट २, २ तथा धनुषाबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । अरु विभिन्न ठाउँबाट केहीलाई नियन्त्रणमा लिएको भएपनि केहीबेर सम्झाइबुझाइ गरेर छाडिएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  १० : २८ बजे