९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एक परिवारलाई महिनामा एउटा मात्रै सिलिन्डर



काठमाडौं ।

नेपाल आयल निगमले एक परिवारका लागि एउटा मात्र ग्यास उपलब्ध गराउने गरी आपूर्ति व्यवस्थापनको उपाय निकालेको छ । लकडाउनको अवस्थामा आपूर्ति व्यवस्था मिलाउन निगमले एक महिनामा एउटा परिवारले एउटामात्र ग्यास सिलिन्डर किन्न पाउने व्यवस्था गरेको हो । जसअनुसार ग्यास डिलर बिक्रेताले ग्यास बिक्री गर्दा मासिक रुपमा ‘एक परिवार एक सिलिन्डर’को प्रक्रिया मिलाई ग्यास बिक्री गनुपर्ने छ ।

यसका लागि बिक्री गरिएको ग्यास किन्ने उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नुपर्छ ।निगमले मंगलबार साँझ यस्तो निर्देशन दिएको हो । ग्यास उद्योगहरुले निगमको कार्यालयको पूर्वस्वीकृत लिएर मात्र बिक्री वितरण गर्न पाउनेछन् । उनीहरुले बिक्रेताकहाँ पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनु पर्नेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  ७ : १४ बजे