रोम ।
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट इटालीमा एकै दिन ७४३ को मृत्यु भएको छ । यससँगै इटालीमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ हजार ८२० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।
चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा ६९ हजार १७६ मा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ३२६ निको भएका छन् ।
अमेरिका अर्को इपिसेन्टर बन्ने डब्लूएचओको चेतावनी
चीन र इटालीपछि अमेरिकामा बढी संक्रमण पुष्टि भएको छ । मंगलबार अबेरसम्मको तथ्यांक अनुसार अमेरिकामा ५३ हजार ७४० संक्रमण पुष्टि भइसकेको छ ।
तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ ।
अमेरिकामा हालसम्म ७०६ ले ज्यान गुमाइसकेका छन् भने ३४८ निको भएका छन् ।
यस्तै चीनमा ४७ नयाँ संक्रमित भेटिएका छन् । ती सबै बाहिरबाट आएका यात्रुमा देखिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ । त्यस्तै थप ४ जनाको संक्रमणबाट ज्यान गएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
त्यस्तै मंगलबार ४९१ संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।
धेरै प्रभावित देशको आँकडा
चीन– संक्रमित : ८१,५९१ मृत्यु: ३,२८१ निको: ७३,२८०
इटाली– संक्रमित: ६९,१७६ मृत्यु: ६,८२० निको: ८,३२६
अमेरिका– संक्रमित: ५३,७४० मृत्यु: ७०६ निको: ३४८
स्पेन– संक्रमित: ३९,८८५ मृत्यु: २,८०८ निको: ३,७९४
जर्मनी– संक्रमित: ३२,९८६ मृत्यु: १५७ निको: ३,२४३
इरान– संक्रमित: २४,८११ मृत्यु: १,९३४ निको: ८,९१३
फ्रान्स– संक्रमित: २२,६२२ मृत्यु: १,१०२ निको: ३,२८८
द. कोरिया– संक्रमित: ९,०३७ मृत्यु: १२० निको: ३,५०७
बेलायत– संक्रमित: ८,१६४ मृत्यु: ४२३ निको: १४०
भारत– संक्रमित: ५३६ मृत्यु: १० निको: ४०
नेपाल– संक्रमित: २ मृत्यु: ० निको: १
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)
प्रतिक्रिया