मायादेवी अनलाइन, चन्द्रौटा ।
बिश्व नै कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेको बेला क्रेसर व्यवसायी टोलीले निःशुल्क मास्क वितरण गरेका छन् ।
दाङ्गको कालाकाटे मलमलामा संचालित वासिङ्ग तथा क्रेसर उद्योगका संचालक कपिलदेव खनाल सहितको टोलीले झण्डै २ हजार ५सय थान मास्क वितरण गरेको हो । सर्वसाधारणलाई कोभिड–१९ (कोरोना भाइरस) को जोखिमबाट बचाउन सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको व्यवसायी खनालले बताए । दाङ्गको गढवा गाउँपालिका वडा नं. १ का सर्वसाधारणहरुको घरदैलोमा पुगी मास्क वितरण गरेको उनले बताए । “पहिलो दिन एक हजार र दोस्रो दिन एक हजार ५ सय थान मास्क वितरण गरेका हौं” –उनले भने ।
गढवा गाउँपालिका १ का वडाध्यक्ष बाबुराम अधिकारीको हातबाट मास्क वितरण कार्य शुरु गरिएको खनालले जानकारी दिए । टोलीले कोरोना भाइरसबाट सुरक्षित हुन अपनाउनुपर्ने उपायबारे सचेतीकरण गर्दै मास्क वितरण गरिएको खनालले जनाएका छन् । साथै हात धुनका लागि करीब ३सय थान साबुन समेत वितरण गरिएको खनालले बताएका छन् ।
प्रतिक्रिया