काठमाडौं ।
भारतमा मंगलबार मध्यरातबाट देशभरि २१ दिनको ‘लक डाउन’ लागू गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।
भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश ‘लक डाउन’ गरिएको हो । यो संख्यालाई यस्तो विन्दु मानिन्छ, जहाँबाट कोरोना भाइरस फैलिने क्रम तीव्र गतिमा बढ्न सक्छ ।
‘आगामी २१ दिन हाम्रो दिन अत्यन्तै संवेदनशील छ, उनले भने, ‘यसबीच तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ, ‘त्यहीँ त्यहीँ घरभित्रै बस्नुहोला।’
मोदीले पछिल्लो एक सातामा दोस्रोचोटि यस्तो सम्बोधन गरेका हुन् । अघिल्लो सम्बोधनमा उनले आइतबार एक दिन ‘जनताको कर्फ्यूु लागू गर्दै सर्वसाधारणलाई घरबाट ननिस्कन आह्वान गरेका थिए । त्यसयता संक्रमण फैलिने क्रम जारी रहेपछि पूरै देश ‘लकडाउन’ गरिएको हो ।
भारतमा ५१९ जनामा कोरोना भाइरस देखिएको छ।
प्रतिक्रिया