बुटवल ।
गुल्मी मालिका गाउँपालिका ४ अर्खाबाङ्ग रुपन्देही सम्पर्क समाजले निःशुल्क माक्स वितरण गरेको छ । कोरोना भाइरसले विश्वमा महामारी लिइरहेको अवस्थामा चेतनामुलक अभियान अन्तरगत मास्क वितरण गरिएको हो ।
आइतबार बुटवलको ट्राफिक चोकमा एक कार्यक्रम गरी नागरिकलाई सचेत गराउन मास्क वितरण गरिएको अध्यक्ष विरेन्द्र अर्यालले जानाकारी दिनुभयो । मुलुकको यो विषम परिस्थितिमा सबैले आ आफ्नो धर्म निभाउनु पर्ने भन्दै सोही अनुसार मास्क वितरण गरिएको अर्यालको भनाई छ । यो महामारीको अवस्थामा चाहेर पनि सर्वसाधारणले मास्क नपाएकाले थोरबहुत सहयोग गर्न कार्यक्रम गरिएको समाजका वरिष्ठ सल्लाहाकार उमेश रेग्मीले बताउनु भयो ।
उहाँले भन्नुभयो–‘जनताले किनेर पनि मास्क पाएका छैनन् । पाए पनि महंगो मुल्य तिर्न बाध्य छन् । यस्तो अवस्थामा नयाँ सन्देश दिन कार्यक्रम गरेका हौँ ।’ समाजले विगतमा एम्बुलेन्स हस्तान्तरण लगायतका कार्यहरु गरेको छ ।
कार्यक्रममा उपाध्यक्ष प्रेमबहादुर अर्याल, सचिव उपेन्द्र अर्याल, सह–सचिव टेकराज रेग्मी, कोषाध्यक्ष राजेन्द्र अर्याल, पिताम्बर अर्याल, राजु अर्याल लगायतको सहभागिता रहेको थियो ।
११ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया