९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बैजलपुर सामुदायिक बनद्धारा ५ हजार निशुल्क मास्क वितरण



मायादेवी अनलाइन, चारनम्बर ।
विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिरहदा कपिलवस्तुको वैजलपुर जनकल्याण सामुदायिक बन उपभोक्ता समूहले उपभोक्तालाई निशुल्क मास्क वितरण गरेको छ ।
सामुदायिक बनले वाणगंगा नगरपालिका २ का वैजलपुर, उत्तर पिपरा, राजपुर, मेहनती टोल, बैरिया गाउँका प्रत्येक घरपरिवारलाई २ वटाको दरले ५ हजार निशुल्क मास्क वितरण गरेको सामुदायिक बनका अध्यक्ष सत्य नारायण थारुले जानकारी दिनुभयो ।
बैजलपुर जनकल्याण सामुदायिक बन उपभोक्ता समूहले गाउँ गाउँमा कोरोना भाइरस विरुद्धको सचेतना अभिवृद्धि गर्दै समुदायलाई सुरक्षित रहन भन्दै माक्स वितरण गरेको हो । सामुदायिक बनले आफना उपभोक्तालाई कोरोना भाइरस के हो ? रोगबाट बच्ने उपायबारे सचेतना गराउदै बनका पदाधिकारी घरदैलोमा हिडेका हुन् ।
सर्वसाधारणलाई कोभिड–१९ (कोरोना भाइरस) को जोखिमबाट बचाउन निःशुल्क मास्क वितरण गरेको र नियमित साबुन पानीले हात धुन बनका उपाध्यक्ष भूमिराज कार्कीले आग्रह गर्नुभयो । मास्क वितरण कार्यक्रमको शुरुवात वाणगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल र बनका अध्यक्ष सत्यनारायण थारुले गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ७ : ०६ बजे