९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कर्फ्यू लगाउने अवस्था छैनः प्रवक्ता खतिवडा



काठमाडौं ।
सरकारका प्रवक्ता युवराज खतिवडाले कर्फ्यू लगाउने तयारीमा सरकार नरहेको बताएका छन । कोरोना रोकथाम तथा नियन्त्रण समितिको मंगलबार बसेको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खतिवडाले जनतालाई अनावश्यक दुस्ख दिने काम सरकारले नगर्ने बताए ।
लक डाउन उल्लंघन भइरहेका छन् कर्फ्यू लगाउने तयारी के छ? भन्ने प्रश्नमा मन्त्री खतिवडाले भने, ‘जनतालाई सुरक्षित राख्न लक डाउन गरेको हो, अनावश्यक दुस्ख दिने कुरा होइन। कर्फ्यू लाग्ने अवस्था छैन ।’ भीडभाडले कोरोना भाइरस संक्रमण जोखिम बढाउने भएकोले लकडाउन गरेको उनले बताए । मन्त्री खतिवडाले चीन र भारत दुबै छिमेकी देशबाट मेडिकल सामग्री अर्थ मन्त्रालयको समन्वयमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ५ : ३४ बजे