९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आइसोलेसनमा राखिएका युवकको मृत्यु कारणः कोरोना नभई ‘अटो इम्युन डिजिज’



काठमाण्डौ ।
चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ । टेकु प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो । यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो ।
पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवलाई आइसोलेसनमा राखिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ३ : २५ बजे