काभ्रे ।
फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा काठमाडौं आएका काभ्रेका दुई जना सम्पर्कमा आएका छन्। चैत ४ गते कतार एयरवेजमार्फत् नेपाल ओर्लिएका दुईजना सम्पर्कमा आएका हुन्। सम्पर्क आएका व्यक्ति बनेपा नपा वडा नं २ निवासी दाहाल थरका र धुलिखेल–९ काभ्रे भञ्ज्याङका हुमागाईँ थरका हुन्। दुवैजना अस्पतालको सम्पर्कमा आएको र टेकु पुगेर चेक गर्न अस्पतालले सुझाव दिएको धुलिखेल अस्पतालका डाक्टर सुमन श्रेष्ठले जानकारी दिए।
११ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया