९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कतारबाट आएका युवक बिरामी भएपछि विराटनगर लगियो



सप्तरी ।
केही दिन अगाडि मात्र कतारबाट फर्किएका एक युवक ज्वरो र रुघाखोकीले सिकिस्त भएका छन् । बिहीबार कतारबाट काठमाडौं आएका २७ बर्षीय युवक आइतबार घर आएका थिए । उनलाई ज्वरो र रुघाखोकी देखापरेको थियो । परिवारका सदस्यले क्लिनिकबाट औषधि ल्याएर दिएपनि निको हुन नसकेको वडा अध्यक्ष इनरदेव चौधरीले बताए । यसबारे आफूले मंगलबार बिहान मात्र थाहा पाएको र प्रहरी पचिालन गरेर विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको उनले बताए । ‘कोरोना भाइरसको जस्तै लक्षणहरु देखापरेपछि आफूले प्रहरी परिचालन गरेर विराटनगर पठाएको छु’ उनले भने ।

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  १ : २० बजे