९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रशासनले लगायो कपिलवस्तुमा कर्फ्यू



मायादेवी अनलाइन, तौलिहवा ।
भारतीय सिमावर्ती कपिलवस्तुको स्थानीय प्रशारणले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । सरकारले मंगलबार विहान ६ बजेदेखि गरेको ‘लकडाउन’लाई अटेरी गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलद्धारा जारी गरेको विज्ञप्ति अनुसार अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू जारी रहने छ ।
लकडाउनको अवज्ञा गर्दै सर्वसाधारण घरबाहिर निस्कन थालेपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको बताइएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा अनुसार चैत ११ गते बिहान ६ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन यस्तो गरिएको प्रशासनले जनाएको छ ।खुल्ला सिमानाका कारण जिल्लामा लकडाउन गर्न समस्या भएको थियो । मानिसहरुलाई भीडभाड नगर्न भनेपनि अटेरी बढेपछि निषेधाज्ञा जारी गर्न प्रशासन बाध्य भएको जनाइएको छ ।

Image may contain: text

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  १० : २८ बजे