९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

करेन्ट लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।
करेन्ट लागेर अर्घाखाँचीको मालारानी ८ माझमेलाका १७ बर्षीय मधु जिसीको मृत्यु भएको छ । २ फेसको बिजुलिको तार जडान गर्ने क्रममा जिसीलाई करेन्ट लागेको थियो । श्री सिद्धार्थ माध्यमिक बिधालयबाट यो बर्षको (एसईई) परीक्षा दिने तयारीमा रहेका जिसी सोमबार मृत्यु भएको थियो ।
अर्घाखाँची जिल्लामा विद्युतियकरण अव्यवस्थित भएको कारणले गर्दा एक पछि अर्काे घटना दोहोरिदै आएको छ । यस्ता जोखिम निम्ताउने बिषयलाई सरोकारवाला सम्बन्धित निकायले समयमा मै रोकथाम गर्न आवश्यक छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ९ : ५० बजे