९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोनाको कारण भारतमा मृतकको संख्या १० पुग्यो, एकै दिन थपिए १०३ नयाँ बिरामी



काठमाडौँ, ११ चैत । भारतमा कोरोना भाइरसका कारण १० जनाको ज्यान गइसकेको छ। । यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या ४९९ पुगेको छ । जसमा पछिल्लो २४ घण्टामै १०३ नयाँ संक्रमित फेला परेका छन् । साथै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

भारतमा जनवरी ३० मा पहिलो पटक त्यहाँको केरला राज्यमा कोरोना संक्रमित भेटिएका थिए । त्यसयता भारतका विभिन्न राज्यमा यो भाइरस फैलिसकेको छ ।वल्र्डो मिटर्स डट कमका अनुसार भारतमा अहिलेसम्म ३४ जना संक्रमित निको भइसकेको छन् । पछिल्लो तीन दिनमा मात्रै अढाई सय नयाँ केसहरु सतहमा आएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाइरहेका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमित देखिएका मध्ये ४० जना भने विदेशी रहेको देखिन्छ भने अन्य अधिकांश केस पनि बाहिरबाटै आउनेमा देखिएको छ ।

सोमबार पहिलोपटक पश्चिम बंगालमा एक जनाको मृत्यु भएको छ भने एक जनाको हिमाचल प्रदेशमा । आइतबार बिहारमा एकको मृत्युृ भएको थियो । नेपालसँग सीमा जोडिएको हुनाले समेत सीमावर्ती राज्यमा संक्रमण बढ्नु भनेको नेपालका लागि समेत खतरा हो ।भारतको केरलामा थप २८ जना र महाराष्ट्रमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी गुजरातमा थप १२ केस देखिएको जनाइएको छ । भारतभरि तीव्र रुपमा फैलँदै गएपछि अहिले त्यहाँका ५४८ जिल्लामा लकडाउन गरिसकेको आजतकले लेखेको छ । त्यहाँका ३० राज्य र केन्द्रशासित प्रदेशमा पूरै लकडाउन छ भने रेल, बस, हावाई सेवा पनि ठप्प छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ७ : २६ बजे