९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालमा सुरु भयो ‘लक डाउन’- लक डाउनकै कारण कोरोना महामारीबाट चीन मुक्त भएको थियो



काठमाडौं । सरकारले अहिले बिहान ६ बजेदेखि लागु गरेको लकडाउन देशभर सुरु भएको छ । लकडाउन एकसातासम्म कायम रहनेछ । अर्थ तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले १८ गते बिहान ६ बजेसम्म लकडाउन जारी रहने जानकारी गराएका छन् ।बार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको थियो ।

निर्णयका बारेमा सोमबार बेलुका मात्रै अर्थ तथा सूचना तथा प्रविधि मन्त्री डा। युवराज खतिवडाले जानकारी गराएका हुन् । चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म सम्पूर्ण देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । लकडाउनको समयभित्र कसैलाई पनि घरबाट बाहिर निस्कन दिइनेछैन ।अत्यावश्यक काममा बाहेक कोही पनि बाहिर निस्कन नपाउने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

उक्त समयमा यातायातका सम्पूर्ण साधनहरु पनि बन्द रहनेछन् । आन्तरिक उडानहरु समेत बन्द रहने खतिवडाले जानकारी दिए । अत्यावश्यक सेवाका आवश्यक कर्मचारी मात्रै कार्यालय उपस्थित हुनुपर्ने र बाँकीलाई बिदा भएको उनले जानकारी दिए ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि कोरोनाभाइरस (कोभिड) १९० को संक्रमण फैलने सम्भावना देखिएकाले देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।“नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावना खिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजेदेखि २०७६ चैत १८ गते बिहान ६ बजेसम्म लागु गरी देहाय बमोजिमको आदेश जारी गरेको छ,” निर्णयमा भनिएको छ । चीन कोरोनाबाट मुक्त हुनुको प्रमुख कारण लक डाउन नै थियो । लक डाउनको अवधिमा के गर्ने के नगर्ने बारे मायादेवी अनलाइनमा यस अघि नै प्रकाशन गरिसकेका छौँ ।

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ६ : २९ बजे