काठमाण्डौँ । कोरोनाको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोरोनाको आशंकामा आइतबार भर्ना भएका १४ वर्षीय बालक र आज भर्ना भएका बालकहरु क्रमशस् साढे चार र चार वर्षका छन् । तीनै जनालाई आइसोलेसनमा राखेर उपचार भइरेको बताए । ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको थियो,“ उनले भने, “आइतबार भर्ना भएका बालकमा निमोनियाँलगायतको समस्या देखिएको छ । ती बालकको रिपोर्ट आज आउँछ । आज भर्ना भएका बालकहरुको नमुना संकलन जनस्वास्थ्य प्रयोगशालाबाट बुधबार आउँछ । आइतबार आइसोलेसनमा भर्नाभएका बालकको बाबु दुबइबाट फर्किएका र सोमबार आइसोलेसनमा भर्ना भएका एक बालका काका चीनबाट र एक बालका बाबु कतारबाट फर्किएका पाइएको छ । त्यसपछि उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको रहेछ अस्पतालका निर्देशक डा. पौडेलले जानकारी दिए।
११ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया