मायादेवी अनलाइन, विजयनगर ।
प्रदेश ५ का राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले विश्वव्यापी महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सबैलाई यसबाट सचेत रहन आग्रह गर्नु भएको छ ।
नेकपाकी केन्द्रिय सदस्य समेत रहनुभएकी घिमिरेले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्णलाई बच्न, रोकथाम र नियन्त्रण गर्न जनाउनु भएको हो । सरकारको स्वास्थ्य मन्त्रालयको नीति नियमलाई अँगाल्दै कोरोना भाइरस संक्रमणको जोखिमबाट सचेत हुन उहाँले बताउनु भयो ।
नेपाल पनि कोरोना भाइरसको उच्च संक्रमणको जोखिम हुनसक्ने सम्भावना बढी देखिएको बताउँदै औषधि र अत्यावश्यक बाहेकका काममा बाहिरा आवतजावत, हिडडुल नगर्न घिमिरले आग्रह गर्नुभयो । उहाँले सकभर घरमै बस्ने, धेरै भीडभाड हुने ठाउँहरुमा अनावश्यक रुपमा नजाने कुरा विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
१० चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया