मायादेवी अनलाइन, चारनम्बर ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले कर्मचारीलाई एक साता विदा दिने निर्णय गरेको छ । विश्वभर कोरोनाको महामारी फैलिरहेको अवस्थामा यसबाट बच्नको लागि सतर्कता स्वरुप आकस्मिक वैठक बसेर कर्मचारीलाई सोमबारदेखि १ हप्ताको लागि विदा दिइएको हो ।
नगरपालिकाले पनि सबैलाई सेल्फ क्वारेनटाइनमा बस्न अनुरोध गरेकाले रेडियोका पूर्ण तथा आंशिक रुपमा कार्यरत कर्मचारीलाई विदा दिइएको रेडियोका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभयो ।
यस्तो बेला खबर तथा सूचना सम्प्रेषण गरेर जनतालाई सुसुुचित गर्ने दायित्व संचारकर्मीको भए पनि मुलुकको विषम परिस्थितिलाई मध्यनजर गरेर विदा दिइएको न्यौपानेले बताउनु भयो ।
यद्यपी रेडियो भने पुरा १८ घण्टा नै संचालन हुने छ । अब रेडियोको बजार तर्फको कुनै काम हुने छैन भने स्टुडियो भित्रै रहेर गर्न सकिने कामहरु हुने छन् । यस्तै कोरोनाविरुद्धका सचेतनाका कार्यक्रम, सामुदायिक सूचना नेटवर्क (सिआईएन), थाहा संचार नेटवर्क काठमाण्डौँका खबर बुलेटिन, बिबिसी नेपाली सेवा र स्थानीय खबर पनि प्रसारण भइरहने रेडियो प्रशासनले जनाएको छ ।
१० चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया