गुल्मी ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले विश्वमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार पौडेलले यो निर्णयअघि स्थानीय तहसँग सर्वदलीय परामर्श गरेका थिए ।
जिल्लामा प्रवेश गर्ने खाद्यान्य, तरकारी, फलफूल, दुध, पानी, इन्धन, औषधि बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले अर्को सूचना नभएसम्मको लागि यो निर्णय कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिले आग्रह गरेको छ । मालवाहक गाडीको हकमा पनि चालक र सहयोगी मात्र हुनुपर्नेछ ।
उनीहरू पनि हेल्थ डेस्कमा अनिवार्य चेकजाँच गर्ने र आवश्यक परे क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । औषधि र पेट्रोलपम्प २४सै घण्टा खुला रहनेछन् । इन्धन, दाल, चामल, तेल, नुन, दुध टडेरी, तरकारी तथा फलफूल पसलबाहेक सबै पसलहरूको बन्द गर्ने निर्णय बैठकले गरेको छ ।
बजार बन्द गराउँदै वाणिज्य संघ
गुल्मी उद्योग वाणिज्य संघले सदरमुकाममा सोमबार पसल बन्द गराएको छ । सबै वर्ग आफैँ सचेत नभएसम्म जोखिम कम गर्न नसकिने भएकाले संघले नै बन्द गराएको वाणिज्य संघका महासचिव तारा भुसालले बताए । उनले सदरमुकामसहित ठूला बजार रिडी, बलेटक्सार, वामी टक्सारलगायतका स्थानमा पनि व्यावसायीहरूले पसलहरू बन्द गराएको जानकारी दिए ।
प्रतिक्रिया