मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिका ७ बनगाईमा रहेको शान्ति सृजना युवा क्लव वनगाईले १ हजार थान मास्क वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि जनचेतना स्वरुप स्थानीयलाई मास्क वितरण गरेको क्लवले जनाएको छ ।
उद्योग बाणिज्य संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुषाल र क्लवका वरिष्ठ उपाध्यक्ष अशोक वाग्ले लगायतको सहभागितामा मास्क वितरण गरिएको क्लवका अध्यक्ष युग बहादुर केसीले जानकारी दिनुभयो ।
हावाको कारण पनि कोरोना सर्ने हुँदा त्यसबाट जोगिन अनिवार्य रुपमा मास्क लगाउनु पर्ने जनचेतनाको लागि मास्क वितरण गरिएको केसीले मायादेवी अनलाइनलाई बताउनु भयो । कार्यक्रममा बोल्दै भुषालले यति बेला सबैले आ-आफ्नो दायित्व पुरा गर्नु पर्ने बेला रहेकाले क्लवले पनि राम्रो काम गरेको बताउनु भयो ।
बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको क्लवले कोरानाविरुद्ध जनचेतना जगाउने निरन्तर काम गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया