मायादेवी अनलाइन, जितपुर ।
वनदेवी सामुदायिक वन उपभोक्ता समुह बुद्धभूमीले आफ्ना उपभोक्तालाई निशुल्क मास्क वितरण गर्नेभएको छ । वनको सोमबार सम्पन्न बैठकले आफ्ना उपभोक्तालाई मास्क वितरण गर्ने लगाएतका महत्पवूर्ण निणर्य गरेको हो । बैठकले विभिन्न चोकहरुमा साबुनपानीको ब्यवस्था गर्ने वनका अध्यक्ष मोतीलाल यादवले जानकारी दिनुभयो । यस्तै माईकिङ मार्फ जनचेना जगाउने बैठकले निणर्य गरेको छ भने प्रत्येक गाउटोलमा विभिन्न समिती गठन गरि बाहिरबाट आउने मानिसको निगरानी गरिने छ ।
चीनको वुहान बाट सुरुभएको कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वमा महामारीको रुप लिएको छ । नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । भारतिय सिमानाका संग जोडिएको कपिलवस्तुका विभिन्न नाका पनि बन्द गरिएको छ ।
१० चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया