मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल जेसिज कपिलवस्तुले आफ्नो भवन क्वारेनटनइनको लागि बाणगंगा नगरपालिकालाई दिने भएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा बाणगंगा नगरपालिकामा क्वारेन्टाइन भवन बनाउन भन्दै जेसिजले वैरियामा रहेको भवन नगरपालिकालाई दिने भएको हो ।
अध्यक्ष जेसिज बर्ष २०२० का अध्यक्ष मनोज खत्रीका अनुसार क्वारेनटइनको लागि भवन र विरामीको सहजताको लागि भन्दै आफूहरुको एम्बुलेन्स पनि केही दिनको लागि नगरपालिकालाई दिने निर्णय भएको जानकारी दिनुभयो ।
विश्वका १ सय ८२ देश कोरोनाबाट पीडित भइरहेको अवस्थामा नेपालमा कोरोना नआउनुले नेपाली भाग्यमानी रहेको जनाउँदै यसबारे पूर्वतयारी अवस्थामा रहन पनि जेसिजले सबैलाई अनुरोध गरेको छ ।
सोही पूर्व तयारीको लागि भन्दै नगरपालिकालाई भवन दिने निर्णय भएको खत्रीको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । मानव सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल नाराका साथ भन्दै सेवा दिँदै आइरहेको जेसिजले अरु समयमा पनि सामाजिक कार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया