९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगाको जटिबुटी प्रशोधन केन्द्रमा सुगन्धित तेल प्रशोधन गरिदै



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगाको दरखास्तमा रहेको शिवमन्दिर जटिबुटि प्रशोधन केन्द्र संचालनमा आएको छ । सामुदायिक बनमा आवद्ध उपभोक्ताले क्यामोमाइल खेती शुरु गरेपछि प्रशोधन केन्द्र संचालनमा आएको हो ।
जिल्लाको मनकामना सामुदायिक बन उपभोक्ता समूह, वैजलपुर सामुदायिक बन उपभोक्ता समूह, शिवमन्दिर सामुदायिक बन उपभोक्ता समूहमा आवद्ध उपभोक्ताले क्यामोमाइल खेती शुरु गरेका हुन् । ३ विगाहा भन्दा बढि खेती योग्य जग्गामा क्यामोमाइल लगाएपछि जटिबुटी प्रशोधन केन्द्र संचालनमा आएको अध्यक्ष यमलाल गिरीले बताउनुभयो ।
मनकामना सामुदायिक बनले क्यामोमाइल खेती गरेका आफना उपभोक्तालाई लक्षित गरी सहयोग अनुदान समेत उपलब्ध गराएको छ । कृषकसंग सामुदायिक बन कार्यक्रम अन्तरगत ती किसानलाई सहयोग उपलब्ध गराइएको मनकामना सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष अमित पौडेलले बताउनुभयो ।
सामुदायिक बनका उपभोक्ता बुद्धिराम घिमिरे, घनश्याम घिमिरे, इन्द्र प्रसाद पौडेल, गिरिराज घिमिरे, ज्ञानेन्द्र शर्मा, कर्ण बहादुर थापा लगायतले राम्रो आम्दानी हुने भएकाले क्यामोमाइल खेती गरेको बताउनुभयो । विगतमा गहु लगाउदै आउने गरेको खेतमा, यसवर्ष क्यामोमाइल खेती गरेका हौं, अन्यत्रको अवलोकन पछि राम्रै आम्दानी होला भनेर यसतर्फ आकर्षित भएको कृषक इन्द्र प्रसाद पौडेलले बताउनुभयो ।
क्यामोमाइलबाट निस्कने सुगन्धित तेलको माग अनुसार बजार मूल्य प्रति केजी ४० देखि ६० हजार रुपैया सम्म पर्दछ । विगतमा प्रशोधन केन्द्र स्थापनामा जिल्ला बन कार्यालय कपिलवस्तु, जिविकोपार्जनका लागि बन कार्यक्रम तथा स्थानीय संघसंस्थाले सहयोग गरेका थिए ।
प्रशोधन केन्द्रलाई आवश्यक पर्ने कच्चा पदार्थको अभाव र व्यवस्थापकीय कारण विचमा बन्द रहेपनि उपभोक्ताको माग र मर्मत सम्भार पछि संचालनमा आएको शिवमन्दिर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७६ सोमबार ००:००  ६ : ४२ बजे