मायादेवी अनलाइन वाणगंगा ।
कपिलवस्तुको वाणगंगा १ बाल मा.वि. स्थित बैरिया हाटबजार हाताभित्रमा निर्माण हुने कृषि उपज तथा संकलन केन्द्रको सोमबार शिलन्यास भएको छ । प्रदेश साँसद विष्णु पन्थीले एक समारोहबीच संकलन केन्द्रको शिलन्यास गर्नुभएको हो ।
शिलन्यास पछि संचारकर्मीसंग संक्षिप्त प्रतिकृया दिदै साँसद पन्थीले संघ र प्रदेश सरकारबाट आफ्नो अगुवाईमा थुप्रै विकासका योजनाहरु निर्वाचन क्षेत्रमा संचालन भईरहेको जानकारी दिनुभयो ।
४६ लाखको लागतमा कार्यालय सहित ८ कोठे कृषि उपज तथा संकलन केन्द्र निर्माण हुन लागेको हो । संघीय सरकारको ४० लाख र विद्यालयको ६ लाख गरी ४६ लाखको लागतमा सुविधा सम्पन्न कृषि उपज संकलन केन्द्र निर्माण हुन लागेको विद्यालयका प्रद्यानाध्यापक अर्जुन शाहीले जानकारी दिनुभयो ।
यस क्षेत्रका साँसद विष्णु पन्थीको पहलमा विद्यालय हाता भित्र कृषि उपज तथा संकलन केन्द्र संचालन गरेर विद्यालयको श्रोत बृद्धिमा टेवा पुग्ने प्रद्यानाध्यापक शाहीले बताउनुभयो ।
शिलन्यास कार्यक्रममा वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले सवैको पायक पर्ने बाल मा.वि.को हातामा कृषि उपज संकलन केन्द्र संचालन भएपछि यसक्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवी डोलकराम घिमिरेले विद्यालयको बृति विकासमा आफु लागिपरेको बताउनुभयो ।
२१ फिट चौडाई ८९ फिट लम्बाई रहेको संकलन केन्द्रको काम ३ महिना भित्र सक्ने लक्ष्य सहित काम अघि बढेको निर्माण समितिका अध्यक्ष मनिराम वेल्वासेले जानकारी दिनुभयो ।
१० चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया