९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बन्दको हल्लाले कपिलवस्तुमा नुन र चामल किन्नेको भिड



मायादेवी अनलाइन, चारनम्बर ।
सरकारले आइतबारदेखि अति आवश्यकबाहेक लामो दूरीका सवारीसाधन बन्द गर्ने निर्णय गरेपछि कपिलवस्तुमा यतिबेला नुन र चालम किन्नेको भिड लागेको छ ।
कोराना (कोभिड–१९) भाइरस संक्रमण नफैलियोस भनेर सरकारले निर्णय गरेपछि नुन र चामलको जोहो गर्न किराना पसलहरुमा सर्वसाधारणको भिड लागेको हो ।
सरकारले आइतबारदेखि चैत्र २१ गतेसम्म अति आवश्यकबाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय गरेपछि सर्वसाधारणको भिड लागेको हो । यतिबेला कपिलवस्तुका विभिन्न किरान पसल लगायतमा नुन किन्नेको भिड लागेको छ ।
एकैजनाले १० देखि २० पोका नुन किन्ने गरेको घिमिरे किराना पसल चारनम्बरका दिपेन्द्र घिमिरेले बताउनुभयो । यस्तै चामल लगायतका खाद्यन्न किन्न पनि उपभोक्ताको भिड लाग्ने गरेको छ । लामो दूरीका सवारीसाधन बन्द हुने भए पछि दैनिक उपभोग्य सामान सटेज हुने भएकाले आवश्यक भन्दा बढी सामग्री किन्न बाध्य भएको उपभोक्ताको भनाई छ ।

प्रकाशित मिति : १० चैत्र २०७६ सोमबार ००:००  ६ : २० बजे